पोखराका विष्णु अब रुपन्देहीमा टेनिस प्रशिक्षक
पाेखरा | फागुन २०, २०७९
पोखरा: लामो समयदेखि पोखराको टेनिसमा क्रियाशिल खेलाडी तथा प्रशिक्षक विष्णु नेपालीले अब रुपन्देहीमा टेनिस प्रशिक्षकका रुपमा काम गर्ने भएका छन् ।
पोखरा–५, पस्र्याङका विष्णु झण्डै १५ वर्ष देखि पोखराको टेनिसमा आवद्ध छन् । सानै उमेरबाट टेनिस कोर्टमा सहयोगीका रुपमा काम गर्दै आएका उनले खेलाडीका रुपमा विभिन्न राष्ट्रिय तथा स्थानिय प्रतियोगिताहरुमा पदक जितिसकेका छन् । पछिल्लो समय उनले यहाँका जुनियर खेलाडीहरुलाई प्रशिक्षण समेत दिंदै आएका थिए ।
कास्की जिल्ला टेनिस संघले उनलाई शनिबार एक समारोहका विच विदाई समेत ग¥यो । सो अवसरमा नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले पोखरेली खेलाडीहरुले टेनिसमा उत्कष्ट प्रदर्शन गर्दै आएकोमा खुसि व्यक्त गरे । संघ कास्कीका अध्यक्ष लोक गुरुङ्ग, उपाध्यक्षद्धय नविन चालिसे, राजु गुरुङ्ग, सचिव नविन श्रेष्ठ, कोषाध्यक्ष अनुज बाँस्तोला, सदस्य भिष्मराज पौडेल, सल्लाहकार समिर शेरचन, गोपी भट्टराई, सूर्य भुजेल, बसन्त प्रधान तथा पोखरेली खेलाडी एवं प्रशिक्षकहरुले उनलाई सफलताको शुभकामना प्रदान गरेका थिए ।
खेलाडीहरुको अथक मेहनत र प्रयासका कारण अहिले देश विदेशमा पोखरेली टेनिस खेलाडीहरुले प्रशिक्षकका जिम्मेवारी सम्हाल्ने अवसर पाएको कायस्थले जनाए । पोखरेली टेनिस स्टारहरु कुमार अधिकारी, शक्ति सर्मा, निरज गुरुङ्ग, नविन मगर, प्रदीप खड्का लगायतले माल्दिभ्समा तथा महेश्वर तिवारीले कुवेतमा टेनिस प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

